बुधबार, फागुन २७, २०८२

भीभीआईपी र भीआईपीलाई स्वेदशमै उपचार गर्ने चाँजोपाँचो मिलाउँदै स्वास्थ्यमन्त्री बस्‍नेत 

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्‍नेत भीभीआईपी र भीआईपीलाई स्वदेशमा नै उपचार गर्नका लागि चाँजोपाँजो मिलाइरहेका छन्। स्वास्थ्यमन्त्री बस्‍नेतको निर्देशनमा सर्जिकल भवनमा एक भीभीआईपी र दुई भीआईपी कक्ष सोमबारदेखि सञ्चालन हुनेगरी तयारी अघि बढाइएको छ। यसअघि वीरमा भीभीआईपीका लागि एउटा र भीआईपीका लागि एउटा क्याबिनको व्यवस्था थियो।

National life

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा थप भीभीआईपी कक्ष थप्न लागेको बताए।

‘स्वास्थ्यमन्त्रीले भीआईपीको उपचार नेपालमै गर्नुपर्ने र त्यसको सबै व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने भन्दै आउनुभएको छ’ डा. बस्नेतले भने, ‘उहाँकै निर्देशनमा क्याबिन थपिन लागेको छ। भोलिबाट नै नयाँ सर्जिकल भवनमा भीभीआईपी कक्ष सञ्चालन ल्याउन सकिन्छ।’

डा. बस्नेतका अनुसार फर्निसिङको सबै काम अन्तिम चरणमा पुगेको छ। भीभीआइपीलाई उपचारका लागि छुट्टै टिमको व्यवस्थापन गर्न लागिएको डा. बस्नेतले बताए।

नाम चलेका वरिष्ठ चिकित्सक तथा सबै सेवा–सुविधा सम्पन्न वीरको भीआईपी कक्ष हुँदाहुँदै पनि विशिष्ट व्यक्तित्वहरु उपचार गर्न भर्ना नै हुँदैन। पछिल्ला दिनमा उपचार गर्न विशिष्टहरु विदेशतिर जाने लहडले वीरको भीभीआईपी कक्ष प्रयोगविहिन अवस्थामा छ। सर्वसाधारणले भने वीर अस्पतालको आकस्मिक कक्षमा बेड नपाएर भुईँमा समेत उपचार गर्नुपर्ने बाध्यता छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 23, 2023| 19:59 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्