आइतबार, असोज ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ३३ घाइते

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ३३ घाइते

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

Kumaribank

आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनी पञ्चदेवल विनायक नगरपालिका-६ का स्थायी बासिन्दा हुन्।  दुर्घटनामा परेर ट्र्याक्टरमा सवार अन्य ३३ जना घाइते भएका छन्।

उनीहरुमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल अछाममा ल्याइएको प्रहरीले जनाएको छ। 

ट्र्याक्टर ७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Metro Mart

प्रकाशित: Jul 23, 2023| 19:15 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्