शनिबार, जेठ ३०, २०८३

ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुट्ने मोबाइल पसले पक्राउ

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल चलाउने २६ वर्षीय विश्वास राई छन्।

National life

ललितपुर प्रहरीका अनुसार राईले शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि कुटपिट गरेका थिए।

सिसीटिभी फुटेज हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैंले निहुँ खोजेको र अकस्मात् कुटपिटमा उत्रिएको देखिएको प्रहरीले  बताएको छ। राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ। उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ।

 

प्रकाशित: Jul 23, 2023| 11:55 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्