शनिबार, जेठ ३०, २०८३

घरायसी विवाद भएपछि चिर्पट प्रहार गरी भिनाजुको हत्या

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- धनुषामा आफ्नै भिनाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बनारसका २५ वर्षीय सुरज सिंह छन्।

National life

भारतकै सोनपुर, चन्दौलीका ३८ वर्षीय शिवमुरत सिंहको हत्या गरेको आरोपमा शुक्रबार दिउँसो प्रहरीले सुरजलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सुरज धनुषाको लक्ष्मीनिया गाउँपालिका–७, लक्ष्मीनिया बजारमा काम गरी बस्दै आएका थिए।

घरायसी विवादका क्रममा सुरजले नातामा भिनाजु पर्ने शिवमुरतमाथि दाउराको चिर्पटले प्रहार गरेका थिए। कुटपिटपछि शिवमुरत गम्भीर घाइते भएका थिए। सो सूचनापछि खटिएको प्रहरी टोलीले सुरजलाई पक्राउ गरेको हो।

गम्भीर घाइते शिवमुरतको गए राति मृत्यु भएको थियो। जनकपुरधामस्थित रामा अस्पताल हुँदै थप उपचारका लागि भारतको सीतामाढीतर्फ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 22, 2023| 21:00 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्