NadaNada
सोमबार, भदौ २, २०८२

सय किलो सुन तस्करी प्रकरण: दुईजना कार्गो सञ्चालक पक्राउ

 |  बिहीबार, साउन ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

vianetvianet

काठमाडौं-  करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना कार्गो सञ्चालक पनि पक्राउ परेका छन्।  राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ उनीहरूलाई पक्राउ गरेको हो। 

ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरिएको विभागले जनाएको छ।  विभागले साउन ३ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद गरेको थियो। विमानस्थलको गेट पास गरेर ट्याक्सीमा लग्दै गर्दा सुन बरामद भएको थियो। 

यसमा संलग्न रहेको आरोपमा विभागले दुई जना कार्गो सञ्चालक सहित नौ जनालाई पक्राउ गरिसकेको छ। यसअघि बिहीबार अपराह्न चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका थिए। 

त्यस्तै, बुधबार राति ६ जनालाई पक्राउ गरेको थियो। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो। उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो।
 
बुधबार पक्राउ पर्नेमा टयाक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल छन्। 

बुधबार राति र बिहीबार पक्राउ परेका सात जनालाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिइसकेको छ। 

Metro Mart

सुन आउँदा विमानस्थल भन्सारमा ड्युटीमा रहेका तीन जनालाई पनि भन्सार विभागले कारबाही प्रक्रिया अघि बढाइसकेको छ। एक जना नायब सुब्बा र भन्सार एजेन्टलाई निलम्बन गरेको छ भने भन्सार अधिकृतलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिस गरेको छ।  बरामद गरिएको सुन कति छ भन्ने अझै यकिन भइसकेको छैन। 

प्रकाशित: Jul 20, 2023| 20:14 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्