शनिबार, जेठ ३०, २०८३

सांसद विकास कोषविरुद्धको रिटमा कारण देखाउ आदेश

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्थाविरुद्ध दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। साथै अन्तरिम आदेशका लागि प्रतिवादीहरुलाई छलफलमा झिकाउने आदेश दिएको छ।

National life

आर्थिक वर्ष २०८०-०८१ को आयव्ययको वक्तव्यको बुँदा नं ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्था गरिनु संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरण र संघीयताको सिद्धान्तसँग विपरीत भएकाले बदर भागी रहेको भन्दै रिट निवेदन दायर गरिएको थियो।

अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीद्वारा दायर भएको रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा बिहीबार सुनुवाइ भएको हो। साउन १६ गते अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश भएको छ ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संसद् सचिवालयलाई विपक्षी बनाइएको छ।

प्रकाशित: Jul 20, 2023| 18:47 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्