शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको जन्मोत्सव

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको जन्मोत्सव

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मोत्सव मनाइएको छ। कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु बोल्‍ने क्रम शुक्रबार पनि जारी रहनेछ।

National life

बैठक स्थगित भएको र शुक्रबार फेरि बस्‍ने जानकारी गराएपछि पार्टी सभापति शेरबहादुर देउवाको अनुमतिमा महामन्त्री विश्‍वप्रकाश शर्माले समय लिँदै महामन्त्री थापाको जन्मोत्सवमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए।

महामन्त्री शर्माले भने, 'हरेकका लागि हरेक दिन महत्वपूर्ण हुन्छ नै। त्यसमा पनि आफू जन्मिएको दिन झन विशेष हुने भएकोले आज महामन्त्री गगन कुमार थापाको जन्मोत्सवमा सहभागी हुन आग्रह गर्दछु।'

सत्ताको महत्वपूर्ण साझेदारसमेत रहेको देशकै ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा मंगलबारदेखि जारी छ। बैठकको पहिलो दिन महामन्त्रीले बैठकका एजेण्डा प्रस्तुत गर्नुका साथै विभिन्‍न प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो। त्यसैगरी बुधबार र बिहीबार केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका हुन्।

केन्द्रीय सदस्यहरुले बैठकमा पार्टी सुधार गर्ने र जनताको पक्षमा कांग्रेसलाई कसरी खरो देखाउन सकिन्छ भन्‍ने बहसहरु भइरहेका छन्। पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको सभापति देउवाको प्रशंसासमेत भइरहेको छ। महामन्त्री थापाको जन्मोत्सव पनि प्रत्यक्ष प्रसारण गरिएको हो।

Shivam cement

प्रकाशित: Jul 20, 2023| 17:17 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्