मंगलबार, साउन १९, २०८३

'आदिपुरुष' ले दुई करोड कमायो नेपालमा

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- विवादित फिल्म 'आदिपुरुष' ले नेपालमा झण्डै दुई करोड रुपैयाँ कमाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार यो फिल्मले १ करोड ९९ लाख ७० हजार २९३ रुपैयाँ कमाएको हो। यो फिल्म नेपालमा १६ जुन २०२३ मा रिलिज भएको थियो।

फिल्ममा प्रयोग गरिएका आपत्तिजनक संवादलाई लिएर यो फिल्मलाई काठमाडौं महानगरपालिकासहित विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका थिए। पछि अदालतको आदेशले फिल्म चलेको थियो। विवादका बीच पनि यो फिल्मको ५९ हजार ६५६ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांक छ।

गत आर्थिक वर्षमा नेपालमा प्रदर्शन भएका हिन्दी फिल्ममध्ये पठानले सबैभन्दा बढी कमाइ गरेको छ। यो फिल्मले १३ करोड २८ लाख आम्दानी गरेको हो। त्यसपछि क्रमश: अवतार, ब्रह्मास्त्र, दृश्यम् २ उचाइ, कान्तरा, किसीका भाइ किसीका जान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा छन्।

प्रकाशित: Jul 20, 2023| 16:17 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्