शनिबार, जेठ ३०, २०८३

सय किलो सुन तस्करी प्रकरण: एक चिनियाँ नागरिक पक्राउ

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।

National life

उनी तिब्बत एयरबाट चीन जान लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको छ। उनलाई पक्राउ गर्नका लागि राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो।

भन्सार छली गरी ल्याएको उक्त सुन प्रकरणमा बुधबार साँझ दुई र बिहीबार बिहान ४ गरी ६ जना यसअघि नै पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा सय किलो सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ।

 

Shivam cement

प्रकाशित: Jul 20, 2023| 15:58 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्