शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुन तस्करीमा गृहमन्त्रीको नाम जोड्ने पत्रकार बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी

सुन तस्करीमा गृहमन्त्रीको नाम जोड्ने पत्रकार बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'सुन पास गराएको' भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको आरोपमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ।

National life

गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन्। अध्यक्ष बस्नेतले 'आफूलाई सूचना आएको' हवाला दिँदै आज फेसबुक स्टाटसमा गृहमन्त्री श्रेष्ठमाथि 'सुन पास गराएको' आरोप लगाएका थिए। यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक सञ्जालमा अतिरञ्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ।

गृहमन्त्रीलाई इंगित गर्दै पत्रकार बस्नेतले 'एक रुपैयाँ पनि आम्दानी नभएका सादगी' व्यक्तिले दैनिक ५० हजार खर्च गर्ने गरेको दाबी गरेका छन्।

यसैगरी इन्द्रप्रसाद आचार्य सम्पादक/प्रकाशक, सूर्यप्रसाद फुयाँल प्रधान सम्पादक र रमण कोइराला प्रबन्ध सम्पादक रहेको जनबोली डटकम नामको अनलाइन मिडियाले समेत 'तौलन नसकिने हालसम्मकै ठूलो परिणाममा सुन बरामद, गृहमन्त्री श्रेष्ठको संलग्नता' शीर्षकमा समाचार सार्वजनिक गरेको थियो। उक्त मिडियाले गणेश बस्नेतको स्टाटसलाई नै हवाला दिएर 'गृहमन्त्री श्रेष्ठले सुन पास गरेको' ठोकुवा गरेको थियो।

उक्त मिडियाका जिम्मेवारहरूलाई झुटो र भ्रमपूर्ण समाचार छापेको कसुरमा तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न अध्यक्ष बालकृष्ण बस्नेतलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालमा गृहमन्त्रीका सल्लाहकार गिरीले उजुरी दिएका छन्। काउन्सिलले आजै पत्र काटी उक्त मिडियालाई काउन्सिलमा उपस्थित भएर समाचार प्रमाणित गर्न अथवा माफीसहित समाचार हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ।

Shivam cement

प्रकाशित: Jul 20, 2023| 15:47 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्