शनिबार, जेठ ३०, २०८३

बरामद सुनको तौल यकिन गर्न जोखिँदै

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- राजस्व अनुसन्धान विभागले बुधबार साँझ बरामद गरेको सुन तौलिन टक्सार विभाग लगिएको छ। थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन जोख्न पठाइएको विभागले जानकारी दिएको छ।

National life

बरामद भएको सुनको तौल करिब सय किलो अनुसमान गरिएको छ। यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन्। अनुसार पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका-४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ छन्।

त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी तीव्र पारिएको छ। अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।

क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको मोटरसाइकल-स्कुटरको ब्रेक सुसहितको स्पेयर पार्टस् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो। जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित: Jul 20, 2023| 14:19 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्