NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुन तस्करीबारे प्रहरी र भन्सारका अधिकारीहरुसँग गृहमन्त्रीको छलफल

सुन तस्करीबारे प्रहरी र भन्सारका अधिकारीहरुसँग गृहमन्त्रीको छलफल

 |  बिहीबार, साउन ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

vianetvianet

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुन बरामद भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र भन्सारका उच्च अधिकारीहरुसँग यसबारे छलफल गरेका छन्। प्रहरी, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागका प्रमुखलाई उनले गृह मन्त्रालयमा बोलाएका हुन्।

छलफलमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, एआईजी मीरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललगायत सहभागी छन्।

बुधबार साँझ स्कुटर र मोटरसाइकलको ‘ब्रेक शु’ बनाएर ल्याइएको सुन विमानस्थल भन्सार कार्यालयबाट पास भइसकेको अवस्थामा भेटिएको थियो। ट्याक्सीमा राखेर भन्सारबाट बाहिर लगिसकेको सुन विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। अनुसन्धानका क्रममा ६ जना पक्राउ परिसकेका छन्। त्यसमध्ये केही भन्सार कार्यालयका कर्मचारी पनि परेको बताइएको छ।

 

प्रकाशित: Jul 20, 2023| 13:27 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्