मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ठूलो परिमाणमा विदेशी मुद्रा दुबई लैजान खोज्ने विमानस्थलबाट पक्राउ

ठूलो परिमाणमा विदेशी मुद्रा दुबई लैजान खोज्ने विमानस्थलबाट पक्राउ

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- अवैध रूपमा विदेशी मुद्रा विदेश लैजान लागेका चार जना पक्राउ परेका छन्। ठूलो मात्रामा विदेशी मुद्रा दुबई लैजान लागेका चार जनालाई बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरू ठूलो मात्रामा विदेशी मुद्रा लिएर हिमालय एयरलाइन्सको उडानबाट दुबई जान लागेका थिए। प्रहरीका अनुसार उनीहरूको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद गरिएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुको बारेमा प्रहरीले खुलाएको छैन। हिजो नै विमानस्थलको कार्गो गोदामबाट करिब सय किलो सुन बरामद भएको थियो।

प्रकाशित: Jul 20, 2023| 13:14 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्