शनिबार, जेठ ३०, २०८३

त्रिवेणीमा छोरी जन्मनेबित्तिकै बैंक खातामा पाँच हजार

१ साउनपछि पालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन बैंक खातामा पाँच हजार जम्मा गरिदिनेछ २० वर्षसम्म रकम झिक्न नपाइने। 
 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

रोल्पा– रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मनेबित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिन थालेको छ। आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले यो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ। 

National life

१ साउनदेखि लागू हुने गरी कार्यक्रम कार्यान्वयनमा गएको पालिका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए। १ साउनपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ। बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन। 

‘छोरी जन्मिँदा परिवारमा खुसियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ’, उपाध्यक्ष डाँगीले भने। छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउन कार्यक्रम अघि बढाएको उनको भनाइ छ।

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ। उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालू आव २०८०/८१ मा १० लाख विनियोजन गरेको छ। गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन प्रस्ताव गरेको छ।–रासस

प्रकाशित: Jul 20, 2023| 12:21 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्