NadaNada
सोमबार, भदौ २, २०८२

अदालतको कैद फैसलापछि फरार २ हजार पक्राउ, अझै साढे २३ हजार फरार

प्रहरीले आव २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिमाना फैसला सुनाएपछि फरार भएका उनीहरुलाई पक्राउ गरेको हो।
 |  बिहीबार, साउन ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

vianetvianet

काठमाडौं– विभिन्न समय अदालतबाट कैद र जरिमाना फैसला भएका १ हजार ९९५ व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिमाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो। 

विभिन्न मितिमा अदालतले कैद र जरिमाना फैसला सुनाएकामा फरार रहेकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

अदालतले पक्राउ परेका उनीहरुबाट १२ करोड ८७ लाख ९३ हजार जरिमाना असुलेको छ। यस्तै, विभिन्न समयमा अदालतबाट कैद र जरिमाना ठहर भएका २३ हजार ५९० व्यक्ति अझै फरार रहेको उनले बताए।

आव २०७९/८० मा १८ हजार ११२ मोबाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ। हराएका मोबाइलमध्ये १ हजार ६५० थान फेला परेको प्रवक्ता रिजालले जानकारी दिए। काठमाडौँ प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ उजुरी दर्ता भएका छन्।

दर्ता भएका निवेदनमध्ये सवारी साधनसम्बन्धी ११६, रकम ठगीका ९९७, वैदेशिक रोजगारी ठगीका ५४०, जग्गासम्बन्धी विवादका ४० र झैझगडा कुटपिटका ६३ उजुरी छन् ।

Metro Mart

यसैगरी घरेलु हिंसाका १५, सहकारीसम्बन्धी ठगीका ५०, अनलाइन ठगीका ४०, चेकसम्बन्धी ठगीका २७६, सरसामान चोरीका २१ र मोटरसाइकल चोरीका तीन उजुरी परेका छन्। परेकामध्ये ६२१ उजुरी फस्र्योट भएको र बाँकी प्रक्रियामा रहेको काठमाडौं प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 20, 2023| 10:45 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्