शनिबार, जेठ ३०, २०८३

कोशी प्रदेशमा दुर्घटनामा कमी

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

झापा- कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ। सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ।

National life

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी आठ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए।

आव २०७८/७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए। दुर्घटनाबाट पाँच सय ३१ जनाको मृत्यु, एक हजार दुई सय तीन जना गम्भीर घाइते र पाँच हजार चार सय ४५ जना सामान्य घाइते भएका दाहालले बताए। ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ। 

आव २०७९/८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्याङ्क छ। आव २०७/८० मा उक्त अवधिमा आठ हजार तीन सय ६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार छ सय ६४ जनालाई सवारी शिक्षा र तीन लाख एक हजार आठ सय ७१ जनालाई सवारी नियम उल्लङ्घन गरेकामा  जरिवाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

आव २०७८/७९ मा पाँच हजार एक सय पाँच जनालाई मापसे कारबाही, १९ हजार आठ सय ३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार आठ सय २३ जनलाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको थियो।

Shivam cement

सवारी नियम उल्लङ्घन गर्नेलाई जरिवाना गर्दा राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ। आव २०७९/८० मा रु २० करोड सात लाख ३५ हजार राजस्व सङ्कलन भएको छ भने  आव २०७८/७९ मा रु १८ करोड एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो।

प्रकाशित: Jul 20, 2023| 09:06 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्