मंगलबार, साउन १९, २०८३

विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेसनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिएका छन्। उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ।  

विमानस्थल भन्सार पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो। सुन हङकङबाट आएको खुलेको छ।
 

प्रकाशित: Jul 20, 2023| 05:34 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्