मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिभुवन विमानस्थलको कार्गो गोदामबाट ठूलो परिमाणमा सुन बरामद

त्रिभुवन विमानस्थलको कार्गो गोदामबाट ठूलो परिमाणमा सुन बरामद

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ।

राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर सुन बरामद गरेको हो। भन्सार छली ल्याइएको यो सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान अधिकारीहरुले गरेका छन्।

सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो। सुनको यकिन तौलबारे अझै थाहा हुन सकेको छैन।

प्रकाशित: Jul 20, 2023| 05:17 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्