NadaNada
बुधबार, भदौ ४, २०८२

चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता

 |  बुधबार, साउन ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

vianetvianet

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन्।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन्। यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए। सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ। एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए।

कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन्। गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन्। कार्यालयले  १३ करोड ३३ लाख २२ हजार एक सय नौ राजस्व सङ्कलन गरेको उनले बताए। सबैभन्दा धेरै राहदानीबाट  १३ करोड सात लाख ९० हजार सङ्कलन भएको छ।

यस्तै प्रशासनिक दण्ड जरिवानाबाट  छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत  १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत  चार लाख ४२ हजार तथा बेरुजुबापत  नौ हजार सङ्कलन भएको न्यौपानेले जानकारी दिए।

प्रकाशित: Jul 19, 2023| 19:41 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...