सुर्खेत, गुर्भाकोट नगरपालिका-९ तल्लो बोटेचौरस्थित भेरी नदीको किनारमा सोही नगरपालिका-४ सहारे बस्ने ५५ वर्षीया हिरा खड्का मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।
कास्की, पोखरा महानगरपालिका-१३ धाउनेपानी खोल्सामा सोही महानगरपालिका-१३ भञ्ज्याङ बस्ने ८३ वर्षीया कुन्ती बास्तोला मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। गत शनिबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ पकली चोक बस्ने दयाराम श्रेष्ठको शितलामाई कार्गो एण्ड सप्लायर्स प्रालिको प्रदेस नं. १-०२-००१ ख ९७०३ बलेरो गाडीका सहचालक सुनसरी बराहाक्षत्र-७ बस्ने ४० वर्षीय प्रताप बराईली सोही गाडीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सवारी दुर्घटनामा दुईको मृत्यु
सुनसरी, ईटहरी उपमहानगरपालिका-९ स्थित साथी पेट्रोलपम नजिक सडकमा प्रदेश न.१-०२-००३ ह ५५७७ नम्बरको सिटीसफारीले प्रदेश न.१-०२-०४२ प २८ को स्कुटरलाई ठक्कर दिँदा दिई दुर्घटना हुँदा स्कुटरमा सवार ईनरुवा नगरपालिका-७ बस्ने २४ वर्षीया सन्जु चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। सिटीसफारी चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ।
मनाङ, ङिस्याङ गाउँपालिका-१ तलेखुस्थित सडकमा ध.१ ज ६०५ नमबरको जीप सडकबाट करिब ६ मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जीपमा सवार बर्दिया गेरुवा गाउँपालिका-३ बस्ने २८ वर्षीय अबिषेक थारुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मनाङमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डुबेर मृत्यु
मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० स्थित राप्ती खोलामा डुबेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ६२ वर्षीय केसरमान राईको सोही ठाउँस्थित सिँचाईको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।
करेन्ट लागेर मृत्यु
सप्तरी, खडक नगरपालिका-७ मझौ टोल बस्ने कटर बहादुर तमाङको छोरा ९ वर्षीय आदित तमाङको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ। आफ्नै कलमा जडान गरिएको मोटरमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नरायणसिंह अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो।