शनिबार, जेठ ३०, २०८३

यात्रुलाई दुई मिनेट सम्झाउँदै ट्राफिक प्रहरी

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ।

National life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरे।

गाडी पूर्ण रुपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन्। सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको हो।

मादक तथा र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको शंका लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा-नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेका छन्।

बस बिसौनीबाट मात्र गाडी चढौं, सवारी साधनमा हुने पकेटमारीबाट बचौं, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक कृयाकलापबाट बचौं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ। ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा व्यानर समेत प्रदर्शन गरिएको छ।

Shivam cement

यात्रुको आवतजावत बढी हुने स्थानहरू काठमाडौंका न्युरोड, शान्तिवाटिका, कालिमाटी, कलंकी, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वर लगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा साउन १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने छ।

 

प्रकाशित: Jul 19, 2023| 13:15 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्