बुधबार, फागुन २७, २०८२

विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्‍मा विचाराधीन

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उनले विद्यालय शिक्षा (संघीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिए।

National life

उनले ऐन, कानुन तर्जुमा गर्दा कानुन, न्याय तथा संसदीय मन्त्रालय र अर्थ मन्त्रालयबाट छिटो परामर्श प्राप्त हुन नसकिरहेको स्थिति अन्त्यका लागि नीतिगत निर्णय गर्ने सरकारको तयारी भएको जानकारी दिए। उनले प्रधानमन्त्री र विभागीय मन्त्रीले चाहँदा पनि कानुनका फाइल घुमिरहने प्रवृत्तिबाटमाथि उठ्नका लागि ठोस् निर्णय गर्न आवश्यक रहेको बताए।

उनले विदेशमा शिक्षा आर्जन गरेर त्यहीँ राम्रोसँग क्षमता प्रदर्शन गर्न सक्ने स्थिति भएर पनि देशको माटोले आफ्नो विज्ञता खोजेको छ भनेर प्रतिभावान व्यक्तिलाई त्यस प्रकारको भावना जगाउन सक्नुपर्नेमा जोड दिए। 'शिक्षामा भौतिक संरचना र जनशक्तिको अभाव मात्रै समस्या होइन, समस्याको जरो हाम्रो मानसिकता र सोचमा रहेको छ,' मन्त्री राईले भने, 'त्यसले गर्दा हामीले समस्याको जडतालाई तोड्न सकेका छैनौं। उनले आवश्यक शिक्षक दिन नसकेसम्म गुणस्तरीय शिक्षाको चुनौतीको सामना गर्न नसकिने बताउँदै शिक्षाको बजेट पर्याप्त विनियोजन नभएकामा गुनासो व्यक्त गरे।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सम्बन्धित कानुन आउन नसकेकाले शिक्षामा संघीयता आएको आभाव हुन नसकेको बताए। उनले आफू उक्त मन्त्रालयमा सचिव भएको एक वर्षमा पाँच मन्त्री फेरिएको र दुई पटक संघीय शिक्षा ऐनको मस्यौदा मन्त्रिपरिषद्‍मा पुगेको बताए।

हाल ५३ हजार एक सय ५८ शिक्षक अपुग र २८ हजार विद्यालय भवन निर्माण गर्न आवश्यक रहेको छ, ७२ स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउन नसकिएको मन्त्रालयले जनाएको छ। हाल स्वदेशभित्र उच्च शिक्षामा १७ प्रतिशत विद्यार्थीको पहुँच रहेको र उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी वृद्धि भएकाले उच्च शिक्षाको राष्ट्रिय क्यालेण्डर ल्याएर विद्यार्थीलाई आकर्षण दिन खोजिएको सचिव सुवेदीले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 19, 2023| 13:05 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्