सोमबार, असोज १२, २०८३

सिनामंगलमा शंकास्पद वस्तु राख्ने समातिए

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आज बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो।

उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटका खजाञ्ची पासवान छन्। ज्वेलर्स अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। त्यसमा बिस्‍फोटक पदार्थ थिएन। ज्वेलर्स अगाडिबाट प्रहरीले एउटा हस्तलिखित पर्चा पनि बरामद गरेको छ।
पर्चामा लेखिएको छ-

खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो।

यहाँ बारुदको बम राखिएको छ। सावधान रहनुहोला।

संयोजक
सफल

प्रकाशित: Jul 19, 2023| 12:30 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्