शनिबार, जेठ ३०, २०८३

यस्तो छ ८८ वर्षीय दलाई लामाको जीवनशैली

दलाई लामाका सहयोगीहरुको भनाइअनुसार उनी शाकाहारी हुन्। उनी तातो दलिया खान्छन्, चिया र रोटी खान्छन् भने ट्रेड मिलमाथि हिँडेर पसिना बगाउँछन्।
 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

तिब्बती आध्यात्मिक गुरू दलाई लामा ८८ वर्षका भए। लामा आफ्नो साधारण जीवनशैली र विनम्र व्यवहारका कारण विश्वभरिका लाखौं व्यक्तिका लागि प्रेरणा हुन्। उनले  तिब्बतको दुर्दशाको बारेमा जागरूकता बढाउनको लागि अफ्नो पूरै जीवन समर्पित गरेका छन्।

National life

अध्यात्म गुरु दलाई लामाले यसै वर्षको ६ जुलाईका दिन आफ्नो ८८ औं जन्मदिन मनाएका छन्। उनका सहयोगीहरुको भनाइअनुसार उनी शाकाहारी हुन्। उनी तातो दलिया खान्छन्, चिया र रोटी खान्छन् भने ट्रेड मिलमाथि हिँडेर पसिना बगाउँछन्। उनी बीबीसीमा समाचार सुन्छन्। ‘परम पावन’ उनलाई अनुयायीले दिएको सम्मान हो। सबैले उनलाई यसै नामले सम्बोधन गर्छन्।

अध्यात्म गुरु लामाले आफ्नो दिनको सुरुवात बिहान तीन बजे प्रार्थना र ध्यानबाट गर्छन्। त्यसपछि आफ्नो आधिकारिक महलमा बिहान केहीबेर हिँड्छन्। नभए ट्रेड मिलमाथि हिँड्न मन पराउँछन्। त्यसपछि तातो दलिया, त्सम्पा (जौको सातु) र चियासँग रोटी खान्छन्।

यी बौद्ध भिक्षुलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। उनी न टेलिभिजन हेर्छन्, न भजन बजाएर सुन्छन् न त अन्य कुनै संगीत नै। उनी बिहानको नाश्ता गर्ने बेला नियमित रूपले आफ्नो रेडियोमा अंग्रेजीमा बीबीसी वर्ल्ड न्यूज ट्यून गर्छन् र समाचार सुनेर बस्न मन पराउँछन्।

सहयोगीहरुका अनुसार बिहान ९ बजेपछि उनी विभिन्न बौद्ध ग्रन्थ र महान बौद्ध गुरुहरुद्वारा लेखिएका टिप्पणीहरुको अध्ययन गर्नमा समय बिताउँछन्। साढे ११ बजेदेखि भोजन पस्किन थालिन्छ। भोजनपश्चात् साढे १२ बजे आफ्नो कार्यालय जान्छन्। दिउँसो साढे तीन बजेसम्म कार्यालयमा आउनेहरुसँग साक्षात्कार गर्छन्। आफ्नो निवास फर्केपछि साँझ छ बजे उनी चिया खान्छन्। त्यसपछि उनको सन्ध्या प्रार्थना र ध्यान हुन्छ। साँझ ७ बजेपछि उनी फुर्सदमा हुन्छन्।

Shivam cement

अध्यात्म गुरु दलाई लामाको मान्यताअनुसार हाम्रो जीवन आशामाथि आधारित छ। वस्तुहरुलाई राम्रोसँग बदल्ने इच्छा यदि तपाईंसँग छ भने तपाईं आफू अगाडि आउने सबै समस्यालाई सामाधान गर्न सक्षम हुनुहुनेछ। तर तपाईं आशाहीन हुनुहुन्छ भने तपाईंको कठिनाइ बढ्न सक्छ।

दलाई लामालाई प्रायः उद्धृत गर्दै भन्ने गरिएको छ, 'मैले आफ्नो जीवनमा सबै प्रकारको कठिनाइहरुको सामना गरेको छु, तर मैले कहिल्यै आशा छोडेको छैन।' उनको भनाइअनुसार सत्य र इमानदार हुनु आशा र आत्मविश्वासको आधार हो। विश्व भ्रमण गर्ने बौद्ध भिक्षु दलाई लामाको जन्म ६ जुलाई १९३५ मा तिब्बतको सुदूर अमदो क्षेत्रको एउटा सानो गाउँमा भएको थियो।
- सहारा समयबाट

प्रकाशित: Jul 21, 2023| 04:57 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्