NadaNada
बिहीबार, भदौ ५, २०८२

गोरखाका विपन्न बालबालिकालाई 'विद्यालय पोशाक' वितरण

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

काठमाडौं- समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छन्।

उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका १२१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन्।

वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ(९एड्वान)की अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री वितरण गरिएको हो।

सो अवसरमा अध्यक्ष परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताइन्। लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन सबैको प्रयत्न आवश्यक रहेको बताए।

प्रकाशित: Jul 18, 2023| 10:23 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्