आइतबार, वैशाख २७, २०८३

हेटौँडा अस्पताललाई डायलासिस मेसिन

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

National life

मनहरि- हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ। मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो।

चुरेहिलमा डायलासिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन्। योसँगै डायलासिस सेवा लिन बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। बिरामीले अब हेटौँडामै सेवा पाउने हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले बताए।

नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलासिस सेवा थप प्रभाकारी बनाइने बताइन्। हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँका अनुसार डायलासिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन्। हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलासिस सेवा दिँदै आएको छ।

प्रकाशित: Jul 17, 2023| 18:54 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्