NadaNada
बिहीबार, भदौ ५, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

 |  आइतबार, असार ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका-४ रजखोरमा प्रदेश २-०२-००१ त १४९३ नम्बरको ट्याक्टरमा इलेक्ट्रिक साइकल ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका-३ ईटाटार बस्ने ७५ वर्षीय साधु साहको मृत्यु भएको छ। दुर्घटना गम्भीर घाइते भएका उनको  प्राथमिक स्वास्थ्य केन्द्र गौशाला महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

त्यस्तै पर्वतको कुश्मा नगरपालिका-३ सकुश्मा दुर्लुङस्थित सडकमा ग.१ ज ५२२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ७ वर्षीया सितल विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको  जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका जीपमा सवार ७ जनालाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ भने ४ जना जिल्ला अस्पताल पर्वतमा उपचार पश्चात डिस्चार्ज भएका छन्। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको कोहलपुर नगरपालिका-११ मेरिस्टोप्सस्थित भे.७ प ७११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक नेपालगन्ज उपमहानगरपालिका-१८ कारकांदो बस्ने ३५ वर्षीय सुबास राईको मृत्यु भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका-४ सेमरहवास्थित सडकमा लु.७३प ८६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ पकडी बस्ने ६५ वर्षीय चन्द्रिका अहिरको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। 

Metro Mart

प्रकाशित: Jul 16, 2023| 13:49 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...