बिहीबार, साउन ७, २०८३

एचए, नर्सिङ र फार्मेसीको पढाइ शुल्क बढ्यो

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले मेडिकलतर्फ नर्सिङ, एचए (सामान्य चिकित्सा) र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ।

नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको छ भने फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको छ। सीटीईभीटीले शुल्क समायोजन गरिएको भन्दै सूचना प्रकाशित गरेर नयाँ शुल्क सार्वजनिक गरेको छ।

नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको छ। यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो। १० हजारभन्दा धेरै विद्यार्थीले नर्सिङ अध्ययन गर्न आवेदन दिने गरी करिब १५ सिटमा मात्रै अध्ययन गर्न सक्ने अवस्था छ। एक सय बेडको अस्पताल नभएका कलेज बन्द गरिएका कारण सिट संख्या विगत ३ वर्षदेखि घटेको हो।

त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको छ। यसअघि ४ लाख ४ हजार शुल्क थियो। एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ। फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ। यसअघि ३ लाख ३७ हजार शुल्क थियो।

निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१-२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीले जनाएको छ। तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५-२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ। सीटीईभीटीले २०७८ पुस ६ गतेको शिक्षामन्त्रीस्तरीय निर्णयको आधारमा शुल्क वृद्धि गरेको जनाएको छ। शैक्षिकसत्र २०८०-०८१ मा नयाँ भर्ना हुने विद्यार्थीलाई वृद्धि भएको शुल्क लागू हुनेछ।

 

प्रकाशित: Jul 15, 2023| 17:40 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्