NadaNada
बुधबार, भदौ ४, २०८२

स्वास्थ्य सेवाका संरचना यथावत् राख्न माग

स्वास्थ्यकर्मीले प्रदेश सरकारअन्तर्गतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्न माग गर्दै प्रदेश सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई १२ बुँदे ध्यानाकर्षण–पत्र बुझाएका हुन्।
 |  शनिबार, असार ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

vianetvianet

कर्णाली– कर्णाली प्रदेशका चिकित्सक एवं स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा निर्देशनालयसहितका कर्णालीका जिल्ला संरचना यथावत् कायम राख्न सरकारसँग माग राखेका छन्।

प्रदेश सरकारअन्तरगतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्नुपर्ने भन्दै उनीहरुले सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्। सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा स्वास्थ्य सेवा निर्देशनालयलाई मन्त्रालयमा मर्ज (गाभ्ने) भनेको छ।

बजेटमै मर्ज गर्ने भनिएपछि चिकित्सक एवं स्वास्थ्यकर्मीले सरकारको यो कार्यले स्वास्थ्य क्षेत्र संकुचित हुने जनाउँदै असन्तुष्टि प्रकट गरेका छन्। मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको दायरा खुम्च्याइनुले सेवा प्रवाहको प्रत्यक्ष असर नागरिकमा पर्ने बताए।

‘महामारी, कुपोषणलगायतका विभिन्न रोगको नियन्त्रण तथा रोकथाम गर्न महाशाखा एक्लैले केही गर्नसक्ने अवस्था रहँदैन,’ उनले भने, ‘उनीहरुको सहजताका लागि जिल्ला तहसम्मका संरचना कायम हुनुपर्दछ।’ सेवा विस्तारका साथै प्रभावकारी बनाउन तल्लो तहसम्मको एकाइ आवश्यक रहेको महाशाखा प्रमुख शाहीको भनाइ थियो।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले निर्देशनालयलाई मन्त्रालयमा गाभ्ने काम गरिए त्यसले सुरक्षित मातृत्व, बाल स्वास्थ्य, रोग नियन्त्रण, महामारी व्यवस्थापन, ज्येष्ठ तथा विपन्न नागरिक, सामाजिक सुरक्षालगायतका ३१ कार्यक्रम पूर्णरुपले प्रभावित हुने बताए। ‘३१ कार्यक्रम प्रमावित हुने मात्र होइन, प्रदेशको स्वास्थ्य अवस्था नै ध्वस्त हुन्छ’, उनले भने, ‘जनस्वास्थ्य सेवालाई नियमित गर्ने काममा सरकार गम्भीर हुनुपर्छ।’

Metro Mart

निर्देशक डा. खड्काले स्वास्थ्य सेवालाई आधारभूत, विशेषज्ञ र विशिष्टीकृत सेवाका रुपमा जनस्वास्थ्य ऐन तथा नियमावलीमै वर्गीकरण गरिएको र प्रदेश सरकारले विशेषज्ञ सेवाप्रवाह गर्ने तथा स्थानीय तहले प्रदान गर्न आधारभूत तहको स्वास्थ्य सेवा प्राविधिक सहजीकरण र समन्वय गर्न जरुरी रहेकोले ती निकायको महत्त्वपूर्ण भूमिका रहने जनाए। उनका अनुसार प्रदेशमा छुट्टै तालिम केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालय पुनःस्थापना गर्नसमेत ध्यानाकर्षण गराइएको छ ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र कर्णाली प्रदेशमा निमित्त निर्देशक डा. शंकर रिजालले जनस्वास्थ्य सेवालाई विस्तार गर्नेभन्दा खुम्च्याउने कार्यले नागरिकलाई नै प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको सुदृढ हुन नसक्ने प्रतिक्रिया दिए। जनस्वास्थ्यसँग सरोकार राख्ने सबै संघ–संगठनले सरकारलाई स्वास्थ्य सेवाका संरचना कायम राख्न ध्यानाकर्षण गराएका छन्।–रासस

प्रकाशित: Jul 15, 2023| 13:55 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्