आइतबार, वैशाख २७, २०८३

'हाँस्नु स्वास्थ्यका लागि लाभदायक'

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्‍याउने योग विज्ञको भनाइ छ।

National life

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाकार शिवशङ्कर रिजालले बताए। 

उनी दैनिक योग गर्नुका साथै हाँस्ने गर्छन्। 'म हाँस्ने योग १५ देखि २० मिनेटसम्म गर्ने गरेको छु। म देखावटी नभई मनदेखि नै हाँस्छु। यसले स्वस्थ पनि बनाउँछ', हास्य कलाकार रिजालले भने। उनको दिनचर्या नै योग र व्यायाममार्फत सुरू हुन्छ। 

हाँस्दा मष्तिस्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले 'मुड' ठीक गर्न मद्दत गर्छ। मुड ठीक हुनुको अर्थ हो जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु। मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ। 

हास्य कलाकार किरण केसीले हास्य विधालाई दर्शकले रोजाइको प्राथमिकतामा राखेको बताए। 'हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन्। देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन्। यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो', हास्य कलाकार केसीले भने, 'हाम्रो कामले एकैछिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ। त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन्।'
 

प्रकाशित: Jul 15, 2023| 07:55 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्