बुधबार, फागुन २७, २०८२

मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

झापा- मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन्। नगरपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन्।

National life

स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गौला प्रत्यारोपणका २८, मुटुका २२ र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ।

नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ। 

सरकारले बिरामीलाई सिधै रकम दिँदैन। स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन्। 

यसैगरी पालिकाले नगर क्षेत्रका दुई सय एक बिरामीलाई रु पाँच हजारका दरले औषधि उपचार खर्च बापतको रकम वितरण गर्ने तयारी गरेको छ। 

Laxmi sunrise bank
kumari

चालु आर्थिक वर्ष २०७९/८० मा नगरमा उपचार माग भएका दुई सय एक जनाको रु ८७ लाख २० हजार वितरण गर्ने तयारी गरिएको छ। सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक रुपमा रु पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: Jul 14, 2023| 21:41 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्