आइतबार, वैशाख २७, २०८३

के हो हाँडे रोग, कसरी सर्छ?

हाम्रा दुवै गालाको तल्लो भागमा प्यारोटिड ग्रन्थी रहेको हुन्छ। ‘एमयुएमपीएस’ भाइरसको संक्रमणका कारण त्यो सुन्निने र दुख्ने अवस्था पनि आउँछ जसलाई हामी हाँडे भएको भन्छौं। यो मानिसमा मात्र लाग्ने र मानिसमा मात्रै सर्ने रोग हो।
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- कानको फेदमा अर्थात च्यापुका दुवै पट्टि वा एकापट्टि मात्र सुन्निएर भकुण्डो जस्तो देखिने रोगलाई हाँडे भनिन्छ। यसलाई कतै कतै गलफुलो भन्दछन्। यो हुनुको मुख्य कारण भनेको ‘एमयुएमपीएस’ नामक भाइरस हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। 

National life

हाम्रा दुवै गालाको तल्लो भागमा प्यारोटिड ग्रन्थी रहेको हुन्छ। ‘एमयुएमपीएस’ भाइरसको संक्रमणका कारण त्यो सुन्निने र दुख्ने अवस्था पनि आउँछ जसलाई हामी हाँडे भएको भन्छौं। यो मानिसमा मात्र लाग्ने र मानिसमा मात्रै सर्ने रोग हो।

यो रोग लागेका मानिहरूले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट वा बिरामीसँगको सम्पर्कबाट सीधै ‘एमयुएमपीएस’ भाइरस सर्ने गर्दछ। भाइरसको संक्रमण भएको केही दिन पछि मात्रै यो रोग देखा पर्ने भएकाले हेर्दा निरोगी देखिए पनि मम्प्स भाइरस संक्रमित मानिसबाट पनि यो रोग सर्न सक्छ। 

हाँडे/गलफुलोका लक्षणहरु
- मन्द ज्वरो आउने, 
- टाउको दुख्ने र अप्ठेरो महसूस हुने 
- एकातिरको वा दुवै तिर को प्यारोटिड ग्रन्थीहरू बिस्तारै सुन्निन थाल्ने र पीडा हुने 
- मुख सुक्खा हुने, 
- अनुहारमा पीडा महसूस हुने
- कान दुख्ने, थकाई लाग्ने 
- बोल्ने बेलामा अप्ठेरो महसुस हुने

कसरी सर्छ हाँडे/गलफुलो?
यो रोग संक्रमित व्यक्तिको थुक, सिँगान वा खकारबाट सँगै नजिकै भएको श्वासप्रश्वासबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बिरामीले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरू हावामा मिसिन्छन् र आँखा, नाक वा मुख हुँदै अर्को मानिस को शरीर मा प्रवेश गर्छन्।
 

प्रकाशित: Jul 14, 2023| 06:01 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्