NadaNada
बुधबार, भदौ ४, २०८२

मनाङमा पहिलो पटक देखियो लम्पीस्किन

चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको गोरुमा लम्पीस्किनको लक्षण देखिएको हो।
 |  बिहीबार, असार २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

vianetvianet

मनाङ– हिमाली जिल्ला मनाङका पशु चौपायामा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पीस्किनको लक्षण देखिएको बताएका हुन्।

उना अनुसार गोरुलाई उच्च ज्वरो आएको छ। गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनको भनाइ छ। ‘बिरामी गोरुले घाँस खान कम गरेको छ। ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ’, कुसुमले भने। 

किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पीस्किन रोगको लक्षण देखिएको कुसुमले बताए। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा संक्रमण देखिएको उनको भनाइ छ। उक्त गोरु होचो कदको रहेको छ।

‘गोरुलाई लम्पीस्किन रोगको उपचार सुरु गरिएको छ। अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रबन्ध मिलाएका छौं’, कुसुमले भने। मनाङमा पहिलो पटक लम्पीस्किन रोग देखिएको हो। मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिए।

मंगलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पीस्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ। केही दिनपछि नासों गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उनले बताए। मनाङमा गाईगोरुको संख्या १ हजार पाँच सय हाराहारी रहेको तथ्यांक छ।–रासस

Metro Mart

प्रकाशित: Jul 13, 2023| 12:30 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्