बिहीबार, साउन ७, २०८३

छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ। बुधबार सूचना जारी गर्दै महानगरले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको हो।

महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न महानगले आफै परीक्षा लिँदैछ।

छात्रवृत्तिका लागि बिहीबारदेखि साउन १२ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ। आवेदन महानगरको वेबसाइटबाट भर्न सकिने छ। छात्रवृत्तिका लागि परीक्षा साउन २० गते हुने महानगरको शिक्षा शाखाले जनाएको छ। 

प्रकाशित: Jul 12, 2023| 20:49 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्