बिहीबार, साउन ७, २०८३

एसइईको पूरक परीक्षा २६–२७ साउनमा

अन्तिम ग्रेड ‘सी’ वा त्योभन्दा कम अंक प्राप्त गरेका बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने।
 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

काठमाडौं– माध्यमिक शिक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ। आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी पूरक परीक्षा २६–२७ साउनमा हुने जनाएको हो।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले बताएको छ। ग्रेडवृद्धिका लागि २१ साउनभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ। 

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ। गत १७ चैतदेखि सञ्चालन गरिएको एसइईको नतिजा २१ असारमा सार्वजनिक गरिएको थियो। त्यसमा २२ हजार ४७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए।

प्रकाशित: Jul 08, 2023| 16:35 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्