शनिबार, साउन ३१, २०८२

कालीकोटको रुडुगाउँमा अज्ञात रोग फैलिएपछि ३०० जना बिरामी परे

अधिकांश बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएका छन्। 
 |  शनिबार, असार २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

vianetvianet

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण ३११ जना बिरामी परेका छन्। अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउँ पुगेको छ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए।

‘बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ। गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौं’, उनले भने। ९ जना बिरामीको रगतको नमुना संकलन गरेर सुर्खेत पठाइएको महतले बताए। 

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टंकप्रसाद आचार्यले जानकारी दिए। ‘शुक्रबार १९४ महिला र ११७ पुरुषको स्वास्थ्य जाँच गरी औषधी वितरण गरेका छौं’, उनले भने, ‘उपचार गर्न आउने २०६ जना १५ वर्षमुनिका छन्।’ सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा. आचार्यले बताए।–रासस

प्रकाशित: Jul 08, 2023| 13:25 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्