बुधबार, फागुन २७, २०८२

अज्ञात रोग फैलिएको गाउँमा पुग्यो चिकित्सक टोली

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

कालीकोट- कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ। 

National life

अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो। एक सातादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया कर्मा थापाको मृत्यु भएको छ भने एक सय ७८ जना बिरामी परेका छन्। 

गाउँका फैलिएको अज्ञात रोगका उपचारका लागि तिलागुफा नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोली पुगेर उपचारको थालनी गरेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए। ‘अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ।’ उनले भने, ‘अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनुभएको छ।’

रुडु गाउँ र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा टङ्कप्रसाद आचार्यले जानकारी दिए। ‘नगर अस्पताल र जिल्ला अस्पताल चिकित्सकसहित टोलीले उपचार गरिरहेका छौँ’, उनले भने, ‘रोगबाट प्रभावित व्यक्तिहरु हाम्रो सम्पर्कमा आउने क्रम जारी रहेको छ।’ 

ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने डा आचार्यले जानकारी दिए। ‘लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुनसक्छ।’ उनले भने, ‘प्रयोशशाला विधिका नमूना सङ्कलन पठाएका छौँ। त्यसको रिर्पोट आए पनि कुन रोग हो। त्यसपछि मात्र भन्न सकिन्छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 08, 2023| 08:51 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्