बिहीबार, साउन ७, २०८३

विपन्न समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

लहान- सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलित समुदायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।

भारतीय राजदूतावासबाट प्राप्त सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।

‘नगरसभाबाट आव २०८०–८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ’, नगर प्रमुख चौधरीले भने, ‘यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ।’

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास मेयर चौधरीले व्यक्त गरे।

लहान नगरपालिकामा करिब २० हजारभन्दा बढीको सङ्ख्यामा विपन्न दलितको बसोबास रहेको तथ्याङ्क छ।

प्रकाशित: Jul 08, 2023| 08:03 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्