शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • महाकाली सिँचाइको मूल नहरमा परीक्षणका लागि छाडियो पानी

महाकाली सिँचाइको मूल नहरमा परीक्षणका लागि छाडियो पानी

२९ माघ २०५२ मा नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा ८.५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ।
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

वेदकोट– निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ। आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्म पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले बताए।

triton college

भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटाको फुलेली घरकटुवा खोलासम्म पानी छाडेर मूल नहर परीक्षण गरिने उनले जानकारी दिए। ‘ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडिएको छ। एक सातासम्म पानी छाडेर मूल नहर परीक्षण गरिनेछ’, निर्देशक बमले भने।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गर्ने कार्य चलिरहेकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना बालबच्चा र चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो। नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने १ हजार २ सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ। 

उनका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ। ‘२२ शाखा नहरमध्ये दुईको निर्माण सकिएको छ’, उनले भने, ‘अन्यको काम भइरहेको छ।’

corrent noodles
Metro Mart

आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ। आगामी आव २०८०/८१ का लागि आयोजनामा १ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ। ‘चालू आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको छ’, निर्देशक बमले भने, ‘चालू आवमा १ अर्ब २३ करोड बजेट थियो।’

महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३/६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ। २९ माघ २०५२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा ८.५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ।

यो पानी उपयोग गर्न नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र १ हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ। राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो। २२ शाखा नहर निर्माण भए ५ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।–रासस

प्रकाशित: Jul 07, 2023| 16:34 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्