बुधबार, फागुन २७, २०८२

पढाइ छाडेको दुई दशकपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष

२०५८ मा एसएलसी अनुत्तीर्ण भएर पढाइ छाडेका म्याग्दीको मंगला गाउँपालिका–१ का वडाध्यक्ष एकजित २०७९ को एसइई परीक्षामा पास भए।
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई उत्तीर्ण गरेका छन्। माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्।

National life

२०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेको थियो। एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए। उनी २०६९ मा घर फर्किएका थिए। 

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका संघ–संस्थामा आबद्ध भए। उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए।

सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ। 

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन्। सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याएको हो।

Laxmi sunrise bank
kumari

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताए।–रासस

प्रकाशित: Jul 07, 2023| 12:42 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्