बुधबार, फागुन २७, २०८२

रत्ननगरद्वारा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बिमा

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

चितवन- रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ। एक परिवारलाई रु तीन हजार पाँच सयका दरले बीमा गरेको हो।

National life

नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार यसबाट रु १७ हजार पाँच सयजना प्रत्यक्ष्य लाभान्वित भएका छन्। उनले, 'एउटा परिवारको पाँच जनालाई बीमाले समेट्छ।' बीमाका लागि नगरपालिकाले रु एक करोड २२ लाख ५० हजार बजेट विनियोजन गरी बीमा गराएको थियो।

नगरपालिकाले विपन्न परिवारको बीमा गराएको हो। वडा कार्यालयले विपन्न भएकाको तथ्याङ्क लिएर प्रमाणित गरेकालाई बीमा गराइएको हो। यस कार्यक्रमलाई अझ व्यवस्थित बनाएर नागरिकको साझेदारीमा आउँदो वर्ष निरन्तरता दिने उनले जानकारी दिए।

नगरपालिकाले बीमा नसमेटिएका विपन्नलाई लक्षित गरी रु ३० लाखको छुट्टै विपन्न कोषसमेत बनाएको छ। रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सो कोषबाट सहयोग गर्ने गरिएको छ। रु १० हजारसम्म कोषबाट सोझै उपचार गरिदिने व्यवस्था छ। उनले भने, 'रु १० हजारभन्दा बढी खर्च हुने अवस्थामा कार्यपालिका बैठकले निर्णय गरेर विपन्नको हामीले उपचार गर्दै आएका छौँ।'

नगरभित्रका नागरिकले आर्थिक अभावमा उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा नगरपालिका सजग रहेको उनले बताए। आफ्नो तलब भत्तासमेत विपन्नहरुको सेवामा खर्च गर्दै आएका प्रमुख सापकोटाले आउँदो वर्ष प्राविधिक विषय पढ्ने १० विद्यार्थीलाई ५० प्रतिशत खर्चसमेत व्यहोर्न लागिएको बताए। उनका अनुसार नर्सिङ, एचए लगायतको शिक्षा लिन चाहेर पनि आर्थिक अभावमा अवसर नपाएका सरकारी विद्यालय अध्ययन गरेका जेहेन्दार विद्यार्थीलाई यो कार्यक्रममा समावेश गरिँदै छ। 

Laxmi sunrise bank
kumari

नगरपालिकाले अतिविपन्न, अपाङ्गता, दीर्घरोगी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिवारको अवस्था हेरी साझेदारीमा स्वास्थ्य बीमाको नयाँ दर्ता तथा नवीकरणको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्न लागिएको हो। असी वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्यकर्मी पठाइ मधुमेह, उच्च रक्तचाप जस्ता रोगको परीक्षण गर्दै आएको छ। आगामी वर्षबाट ६८ वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपाङ्गलाई लक्षित गरी कम्तीमा वर्षमा दुई पटक घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने भएको छ। 

प्रकाशित: Jul 06, 2023| 22:23 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्