बुधबार, फागुन २७, २०८२

अधिक भिटामिन स्वास्थ्यका लागि हानिकारक

शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षेमताका लागि आहारमा पोषक तत्वको आवश्यकता पर्छ। शरीरका अंग स्वस्थ राख्नुका साथै थुप्रै प्रकारका रोगबाट जोगिनका लागि शरीरमा भिटामिनको महत्त्वपूर्ण भूमिका हुन्छ।
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षेमताका लागि आहारमा पोषक तत्वको आवश्यकता पर्छ। शरीरका अंग स्वस्थ राख्नुका साथै थुप्रै प्रकारका रोगबाट जोगिनका लागि शरीरमा भिटामिनको महत्त्वपूर्ण भूमिका हुन्छ।

National life

खानेकुरामा पौष्टिकताको कमी वा केही बिरामीका कारण शरीरमा भिटामिनको कमी हुन पुग्छ। यस्तो अवस्था चिकित्सकहरूले शरीरका कम रहेको भिटामिनको प्रयोग गर्न परामर्श दिइरहेका हुन्छन्। स्वास्थ्यकर्मीका अनुसार भिटामिनको कमीले शरीरमा जति हानी पुर्‍याउँछ त्यत्ति नै यसको अधिकताले पनि हामी पुर्‍याउने गर्छ।

अध्ययनबाट पता लागे अनुसार केही भिटामिनले प्रतिरक्षा प्रणालीको बढाएर गम्भीर रोगको संक्रमणबाट जोगाउन सहयोग पुर्‍याउँछन्। त्यसैले कोरोना महामारीमा रोग प्रतिरोधात्मक क्षेमता बढाउनका लागि चिकित्सकले खानामा भिटामिन सी र डी बढाउन सुझाव दिएका थिए।

त्यसैले तपाईंहरू पनि कम समयमा धेरै लाभ पाइने लोभले भिटामिनको अधिक सेवन गर्नु हुन्छ भने त्यो स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ। त्यसैले स्वास्थ्यकर्मीको सल्लाह बिना भिटामिनको सेवन गर्नु हुँदैन।

भिटामिन सीको अधिक सेवन घातक
प्रतिरक्षा प्रणाली बढाउनका लागि मानिसहरूले भिटामिन सीको सेवनमा जोड दिइरहेका हुन्छन्। अमिलो फल भिटामिन सीको प्रमुख स्रोत हो। एक वयस्क व्यक्तिका लागि प्रत्येक दिन दुई सय मिलिग्राम भिटामिन सीको सेवन गर्नु सुरक्षीत मानिन्छ।

Laxmi sunrise bank
kumari

यसको अधिक सेवन स्वास्थ्यमा थुप्रै जोखिम निम्त्याउन सक्छ। भिटामिन सीको अधिक सेवनले वाकवाकी आउने, मेटमा मचमची हुने हुन्छ। यसका अलावा अक्सालेटलाई पनि बढाइदिन्छ। भिटामिन सीको अधिक सेवनले मिर्गोलाको पत्थरीको जोखिम पनि बढ्छ।

अधिक भिटामिन डीको सेवन पनि
इम्युनिटी बढाउनका लागि हड्डिलाई बलियो बनाउनका लागि भिटामिन डीको प्रयोग उपयुक्त मानिन्छ। भिटामिन डीको अधिक सेवनले थुप्रै प्रकारका समस्या निम्त्याउँछ।

भिटामिन डीको अधिक सेवनले रगतमा क्याल्शियमको मात्र बढ्छ। जसले गर्दा बान्ता हुने, कमजोरी महशुस हुनुका साथै पटक-पटक पिसाब लाग्ने समस्या हुन्छ। यसको अधिक सेवनले पनि मिर्गौलामा पत्थरीको जोखिम हुन्छ।

भिटामिन ई को अधिक सेवन पनि घातक
भिटामिन ई ले अनुहार, छाला तथा आँखालाई स्वस्थ राख्ने काम गर्छ। थुप्रै रोगबाट जोगाउन पनि यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ।

भिटामिन ई को अधिक मात्राले शरीरमा रक्तस्रावको समस्या ल्याउने जोखिम हुन्छ। शरीरमा भिटामिन ई को कमी हुँदा स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र सेवन गर्नुपर्छ।

विटामिन ए को अधिक सेवन पनि घातक
आँखा तथा अनुहारको सुरक्षा तथा इम्युनिटी बढाउनका लागि भिटामिन ए को आवश्यकता पर्छ। यो भिटामिनको अधिक सेवनका कारण कलेजोमा समस्या हुने हुन्छ।

भिटामिन एको अधिक सेवनले केही मानिसमा टाउको दुख्ने, दृष्टि धुमिल हुने, रिङटा लाग्ने, मांसपेसीमा दुखाइ हुने जस्ता समस्या देखिन्छन्।

प्रकाशित: Jul 07, 2023| 06:01 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्