बिहीबार, असार ४, २०८३

बंगलादेशका क्रिकेट कप्तान इकवालले लिए संन्यास

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- बंगलादेशको एकदिवसीय क्रिकेट टिमका कप्तान तमिम इकवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। एकदिवसीय विश्वकप सुरु हुन तीन महिनामात्र बाँकी हुँदा तमिमले अप्रत्याशित रुपमा संन्यास घोषणा गरेका हुन्।

National life

भारतमा आगामी अक्टोबर-नोभेम्बरमा एकदिवसीय विश्वकप हुँदैछ। विश्वकपअघि नै उनले १६ वर्षीय अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका छन्। बुधबार अफगानिस्तानविरुद्ध पहिलो ओडीआई क्रिकेटमा पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा तमिम भावुक बनेका थिए।

बंगलादेश क्रिकेट बोर्डले तमिमको स्थानमा नयाँ कप्तान घोषणा गरेको छैन। हाल शकिब अल हसन टी-२० र लिटन दास टेष्ट टिमको कप्तान छन्। ३४ वर्षीय तमिमले गत वर्ष यही समयमा टी-२० अन्तर्राष्ट्रियबाट संन्यास घोषणा गरेका थिए। उनले पछिल्लो टेष्ट क्रिकेट आयरल्याण्डविरुद्ध अप्रिलमा खेलेका थिए।

तमिमले सन् २००७ मा टिनएजर हुँदै जिम्बाव्वे विरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए। उनले २००७ को विश्वकपमा भारत विरुद्ध जित हात पार्दा अर्धशतक प्रहार गरेका थिए।

तमिमले बंगलादेशका लागि ओडीआईमा सर्वाधिक ८ हजार ३१३ रन बनाएका छन्, जसमा उनले १४ शतक प्रहार गरेका थिए।

Shivam cement

 

प्रकाशित: Jul 06, 2023| 16:34 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्