बिहीबार, साउन २९, २०८२

४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

संघीय मामिला मन्त्रालयले विज्ञप्तिमा निकालेर ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो।
 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं– सरकारले ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्। 

उनले प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्री प्रयोग गर्दै नगर्ने, गर्नुपर्ने भए ४० माइक्रोनभन्दा बढीका प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्री प्रयोग गर्न आग्रह गरे। संघ, प्रदेश र स्थानीय तहका सरकारले पनि ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध गर्ने सरकारको अभियानमा सहयोग गर्न उनको आग्रह छ।  

फोहोरमैला व्यवस्थापनसम्बन्धी आधाररेखा सर्वेक्षण २०२२ अनुसार घरपरिवार निस्कने फोहोरमैलामध्ये प्लास्टिकजन्य फोहोरको अंश १२ प्रतिशत, संस्थागत क्षेत्रको फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको अनुपात २१ प्रतिशत र व्यापारिक क्षेत्रको फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको अंश २२ प्रतिशत रहेको उल्लेख छ। 

प्लास्टिकजन्य फोहोरका कारण हतितगृह ग्यास उत्सर्जन हुने, जलचर जीवजन्तुको मृत्युको कारक बन्ने, प्लास्टिक बाल्दा वायुमण्डल डाइअक्सिन, प्यूरानजस्ता विषालु ग्यास उत्सर्जित हुने, प्लास्टिकजन्य फोहोर नकुहिने हुँदा पानीका मुहान सुक्ने, जताततै फोहर देखिनेलगायतका समस्याले वातावरणीय स्वास्थ्य र मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने सचिव पुष्पकरबाट जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 06, 2023| 16:18 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्