बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एसईई नतिजा: कति विद्यार्थीले कुन जीपीए ल्याए?

 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ छ। यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो।

himalayan bank box

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ छ। २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना छ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन्। उनीहरुको संख्या १ लाख २ हजार २९३ छ। यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए।

प्रकाशित: Jul 06, 2023| 16:09 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्