बुधबार, फागुन २७, २०८२

एसईईको नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले पाए अनुमति

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन्। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

National life

नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन्।

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, एडु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन्।

यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन्।

बोर्डले एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए।

Laxmi sunrise bank
kumari

उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ। बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ।

पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jul 05, 2023| 22:02 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्