बुधबार, फागुन २७, २०८२

थाइराइडको समस्या छ? यसरी पाउन सकिन्छ राहत

हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्न‍े कुराले मानव स्वास्थ्यमा निकै महत्व राख्छ। पौष्टिक आहारले हामीलाई स्वस्थ तथा तन्दुरुस्त राख्न मद्‍दत गर्छ।
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्न‍े कुराले मानव स्वास्थ्यमा निकै महत्व राख्छ। पौष्टिक आहारले हामीलाई स्वस्थ तथा तन्दुरुस्त राख्न मद्‍दत गर्छ।

National life

अव्यवस्थित जीवनशैलीका कारण हामीलाई थुप्रै रोगको संक्रमण हुने जोखिम हुन्छ। हामीले खानपानमा मात्रै ध्यान दिने हो भने थुप्रै रोगलाई नियन्त्रणमा राख्न सक्छौं।

थाइराइड पनि पछिल्लो समय बढ्दो रोगको रूपमा देखा परेको छ। थाइराइड भएको अवस्थामा हामीले हाम्रो खानपानलाई व्यवस्थित बनायौं भने केही हदसम्म नियन्त्रण गर्न सक्छौं।

एन्टिअक्सिडेन्टले भरिएको तरकारी तथा फलफूलको सेवन गर्दा थाइराइडका बिरामीलाई लाभ पुग्छ। टमाटर, भेडे खुर्सानी र चुत्थ्रो जस्ता फलफूलको सेवन गर्नुपर्छ। यसले थाइराइड ग्रन्थीलाई फाइदा पुग्छ।

यसका साथै कम आयोडिन भएका खाद्यपदार्थको सेवन गर्नुपर्छ। कम नुनिला खानेकुराले थाइराइड हर्मोनलाई कम गर्न मद्दत गर्छन्। आयोडिन बिनाको नुन, कफी, बदामको नौनी, घरमा बनेको पाउरोटी, आलु, महजस्ता चिजको सेवन गर्नु राम्रो मानिन्छ।

Laxmi sunrise bank
kumari

टायरोसिन अमिनो एसिडको उपयोग थायराइड ग्रन्थीद्वारा टी३ र टी४ उत्पादनका लागि गरिन्छ। त्यसैले डेरी उत्पादन र मासुजस्ता पदार्थको सेवन थाइराइड समस्या भएका व्यक्तिलाई लाभदायक हुन्छ। 

यस्तै थुप्रै सागपातको सेवन पनि थाइराइड सम्बन्धि समस्या भएकाहरूका लागि लाभदायक मानिन्छ। जस्तै बन्दागोबीको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। बन्दागोबीको सेवनले थाइराइड रोक्नका लागि सहयोग गर्छ। ब्रोकाउली, बन्दागोबी, गान्टेमुला जस्ता तरकारकी सेवन स्वास्थ्यका लागि फाइदा जनक हुन्छन्।      -अमरउजालाबाट 

प्रकाशित: Jul 06, 2023| 06:06 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्