बिहीबार, असार ४, २०८३

आईसीसी विश्वकप : नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०
National life
Shivam cement

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ। 

आयरल्यान्डसँग पराजित भएपछि प्रतियोगितामा नेपालले आठौं वरीयता प्राप्त गरेको छ। आयरल्यान्डले भने सातौं वरीयता पाएको छ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो।

प्रकाशित: Jul 04, 2023| 21:05 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्