बुधबार, फागुन २७, २०८२

रिब्दीकोटको वडा–१ मा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता!

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले दुईभन्दा धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो। 
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं– सरकारले ‘दुई मात्र सन्तान ईश्वरको वरदान’ नारालाई कार्यान्वयन गर्न दुई सन्तान जन्मिनासाथ परिवार नियोजनसम्बन्धी विभिन्न कार्यक्रम चलाइरहेको छ। सोही कारण पछिल्लो समय नेपालमा सुगम होस् वा दुर्गम। जतासुकै छोरीछोरी वा छोराछोरा जे भए पनि दुई मात्र सन्तान जन्माउने दम्पतीको संख्या ठूलो छ।

National life

तर केन्द्र सरकारले जनसंख्या नियन्त्रणका लागि अभियान चलाइरहेका बेला घरदैलोनजिकका स्थानीय सरकारले अनौठा निर्णय गर्न थालेका छन्।पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले दुईभन्दा धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। 

तीन सन्तान जन्माएर जन्मदर्ता गराउनेलाई प्रोत्साहनस्वरूप पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय वडा कार्यालयले गरेको हो। गाउँमा जनसंख्या घट्दै गएपछि यस्तो योजना ल्याउनुपरेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले दाबी गरेका छन्। 

२०८० साउनदेखि तीन सन्तान जन्माउनेका बाबुआमालाई भत्ता दिन लागिएको उनले जानकारी दिए। कतिपयले वडाको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

प्रकाशित: Jul 04, 2023| 14:02 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्