बुधबार, फागुन २७, २०८२

नयाँ शिक्षा ऐन जारी गर्न माग 

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं- नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शनिबार विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

National life

पुरानो शिक्षा ऐन खारेज गरी नयाँ जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनको अगुवाइमा माइतीघरमा प्रदर्शन गरिएको हो।

उनीहरूले ०२८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरे। कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।

प्रदर्शनमा सहभागीले ‘पञ्चायत ऐन खारेज गर’, ‘शिक्षा आयोग, प्रतिवेदन खोइ ?’ ‘शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित: Jul 01, 2023| 21:15 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्